← समाचारमा फर्कनुस्
Football Apr 28, 2025 · Swadesh

लिभरपुलले जित्यो प्रिमियर लिगको उपाधि

लिभरपुलले जित्यो प्रिमियर लिगको उपाधि

काठमाडौँ । लिभरपुलले यस सिजनको इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ।

गएराती सम्पन्न खेलमा टोटनह्यामविरुद्ध ५-१ गोल अन्तरको जित हासिल गर्दै लिभरपुलले सिजनका चार खेल अघि नै लिगको उपाधि जितेको हो।

लिभरपुलको ३४ खेलमा ८२ अंक भएको छ। लिभरपुल हाल दोस्रो स्थानमा रहेको आर्सनल भन्दा स्पष्ट १५ अंकले अगाडी रहेको छ।

लिभरपुलले सबैभन्दा बढी २० पटक लिग जित्ने म्यानचेस्टर युनाइटेडको रेकर्डको बराबरीसमेत गरेको छ। लिभरपुलले पछिल्लो पटक २०१९-२० सिजनको लिग जितेको थियो। 

त्यस्तै म्यानचेस्टर युनाइटेडले भने पछिल्लो पटक २०१२-१३ सिजन जिते यता प्रिमियर लिग जित्न सकेको छैन।     

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →