← समाचारमा फर्कनुस्
लिभरपुलको सहज जित

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलले सहज जित हासिल गरेको छ।
आइतबार राति अवे मैदानमा भएको खेलमा लिभरपुलले वेष्टहम युनाइटेडविरुद्ध ५–० को सानदार जित निकालेको हो।
लिभरपुलको जितमा लुइस डिआज, कोडी गाक्पो मोहम्मद सलाह, ट्रेन्ट एलेन्जान्डर अर्नोल्ड र डिअगो जोटाले गोल गरे।
जितसँगै १८ खेलबाट ४५ अंक जोडेको लिभरपुल शीर्षमा छ। दोस्रो स्थानमा रहेको नटिघंम फोरेष्टको ३७ अंक जोडेको छ। यता, पराजित वेष्टहमको १९ खेलबाट २३ अंकसहित १३ औं स्थानमा छ।
गएराति नै भएको खेलमा साविक विजेता म्यानचेष्टर सिटीले लेष्टर सिटीलाई २–० ले हराएको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |