← समाचारमा फर्कनुस्
Football Oct 23, 2025 · Swadesh

लिभरपुललाई जितको राहत

लिभरपुललाई जितको राहत

अन्ततः लिभरपुल बुधबार राति युरोपेली च्याम्पियन्स लिगमा जित निकाल्न सफल रह्यो र यो ठूलो राहतको सफलता रह्यो । यसअघिका चार खेल लगातार गुमाएर चर्को दबाबमा आएको लिभरपुलले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१ ले हरायो, त्यो पनि एक गोलले पछाडि रहेको स्थितिबाट ।


इंग्लिस च्याम्पियनका लागि ह्युगो एकिटिके, भर्जिल भान डाइक, इब्राहिम कोनाटे, कोडी गाक्पो र डोमिनिक सबोसलाईले गोल गरे । बुधबारका अन्य खेलमा कुनै अप्रत्यासित नतिजा आएन् र ठूला टिम जति सबैले अपेक्षित जित निकाले ।


जुड बेलिङघमको निर्णायक गोलको मदतले रियल म्याड्रिडले युभेन्ट्सलाई १–० ले हरायो । लयमा रहेका ह्यारी केनको एक अर्को गोलको मदतले बायर्न म्युनिकले क्लब ब्रुगलाई ४–० ले हरायो । चेल्सी पनि चेल्सी पनि आयाक्समाथि ५–१ ले सजिलै विजयी रह्यो ।


अन्य खेलमा स्पोर्टिङ लिस्वनले मार्सेले २–१, एथलेटिको बिलबाओले कोराबागलाई ३–१ र गालाटासारेले बोडो/ग्लिम्टलाई ३–१ ले हरायो । मोनाको र टोटनहम तथा एटलान्टा र क्लब ब्रुगले भने निराशाजनक गोलरहित बराबरी खेले ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →