← समाचारमा फर्कनुस्
लिभरपुललाई जितको राहत

रियो एनगुमोहा र मोहमद सलाहको एक एक गोलको मदतले इंग्लिस प्रिमियर लिगमा लिभरपुलले शनिबार फुलहमलाई २–० ले पराजित गरेको छ । खराव लयबाट गुज्रिरहेको लिभरपुलको यो तीन हारपछि पहिलो जित हो ।
एनगुमोहले ३६ औं मिनेटमा उत्कृष्ट पहिलो गोल गरे लगतै सलाहले ४० औं मिनेटमा अर्को गोल थपे । यो जितपछि लिभरपुल ५२ अंकमा पाँचौं स्थानमा रह्यो । यो चौथो स्थानमा रहेको एस्टन भिल्लासँग चार अंकको दूरी हो । फुलहम भने ४४ अंकमा ११ औं स्थानमा रह्यो ।
शनिबारका अन्य खेलमा ब्राइटनले बर्नलीलाई २–० ले हराएको थियो भने ब्रेन्टफोर्ड र एभरटनले भने २–२ को बराबरी खेले । त्यस अगाडि दिनको पहिलो खेलमा शीर्ष स्थानको आर्सनल बर्नमाउथको हातबाट घरमै २–१ ले स्तब्ध भएको थियो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women