← समाचारमा फर्कनुस्
Football Aug 16, 2025 · Swadesh

लिभरपुलको विजयी सुरुआत

लिभरपुलको विजयी सुरुआत

खेलको अन्त्यतिर सम्भव दुई गोलको मदतले लिभरपुलले शुक्रबार इंग्लिस प्रिमियर लिगको उद्घाटन खेलमा बर्नमाउथलाई ४–२ ले पराजित गरेको छ । एनफिल्डमा भएको खेलमा ह्युगो एकिटिके र कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई २–० ले अगाडि राखेका थिए ।


तर एन्टोनियो सेमेन्योले दोस्रो हाफमा दुई गोल गरेपछि खेल बरारीको स्थितिमा रह्यो । यस्तोमा फेडरिाको किएसाले ८८ औं मिनेट गोल गरे र लिभरपुललाई फेरि अगाडि राखे । मोहम्मद सलाहले इन्ज्युरी समयको चौथो मिनेटमा गोल गर्दै लिभरपुलको जित निश्चित गरे ।


यस जितसँगै लिभरपुलले तीन अंक बटुलेको छ । खेलका क्रममा लिभरपुलले गाडि दुर्घटनामा निधन भएका आफ्ना खेलाडी डिएगो जोटालाई भावपूर्ण श्रद्धान्जली पनि दिएको थियो । खेल सुरु हुन अगाडि एक मिनेटको मौन धारण पनि गरिएको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →