लिभरपुल शीर्ष स्थानमा

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिगमा वल्भ्सलाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ।
शनिवार वल्भ्सको घरेलु मैदानमा भएको खेलमा लिभरपुल २–१ ले विजयी भयो। लिभरपुलको जितमा इब्राहिम कोनट र मोहम्मद सलाहले समान १ गोल गरे। घरेलु टोली वल्भ्सका लागि भने रायन एन्ट नुरीले १ गोल गरे।
लिभरपुलले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै अग्रता लिएको थियो। पहिलो हाफको इन्ज्युरी समयमा इब्राहिमले लिभरपुलका लागि गोल गरेका थिए । घरेलु टोलीका लागि ५६औं मिनेटमा रायनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। लिभरपुलका लागि ६१औं मिनेटमा सलाहले पेनाल्टीमार्फत निर्णायक गोल गर्दै लिभरपुललाई जित दिलाए।
छैटौ जितसँगै १५ अंक जोड्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ। साबिकको विजेता म्यानचेस्टर सिटीलाई दोस्रो स्थानमा धकेल्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो। सिटीको ६ खेलबाट १४ अंक रहेको छ। पराजित वल्भ्स ६ खेलबाट १ अंक जोड्दै तालिकाको पुछारमा रहेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |