← समाचारमा फर्कनुस्
Football Oct 05, 2025 · Swadesh

लिभरपुललाई उछिनेर आर्सनल अगाडि

लिभरपुललाई उछिनेर आर्सनल अगाडि

सिजनको सुरुमा अजय देखिएको लिभरपुलले शनिबार सबै खाले प्रतियोगितामा गरेर तेस्रो हार बेहोरेको छ । चेल्सीले इंग्लिस प्रिमियर लिगमा लिभरपुललाई २–१ ले हराएको हो । त्यसमा स्टेभाओले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा निर्णायक गोल गरे ।


यसअघि लिभरपुल प्रिमियर लिगमा क्रिस्टल प्यालेस र च्याम्पियन्स लिगमा गालातासारेसँग पराजित भएको थियो । आर्सनलले यसअघि वेस्ट ह्यामलाई २–० ले हराएको थियो । यससँगै आर्सनल शीर्ष स्थानमा कामय रह्यो ।


आर्सनलको सात खेलबाट १६ अंक छ भने लिभरपुल उत्तिकै खेलमा एक अंक पछाडि छ । चेल्सी भने ११ अंकमा छैटौं स्थानमा रह्यो । स्टायनफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले मोइस काइसेडोको गोलले अग्रता लिएको थियो ।


लिभरपुलका लागि कोडी गाक्पोले बराबरी गोल फर्काए । शनिबारका अन्य खेलमा म्यानचेस्टर युनाइटेडले सन्डरल्यान्डलाई २–० र टोटनहमले लिड्स युनाइटेडलाई २–१ ले पराजित गर्‍यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →