← समाचारमा फर्कनुस्
Football Nov 25, 2024 · Swadesh

लिभरपुललाई आठ अंकको अग्रता

लिभरपुललाई आठ अंकको अग्रता

काठमाडौं । शीर्ष स्थानको लिभरपुलले रोमाञ्चक जित हासिल गरेको छ।

आइतबार राति भएको खेलमा घरेलु टोली साउथह्याम्प्टनमाथि लिभरपुलले २–३ गोलको रोमाञ्चक जित हासिल गर्दै शीर्ष स्थानमा आठ अंकको अग्रता बनाएकाे छ।

लिभरपुलको जितमा मोहम्मद सालाह दुई तथा डोमिनिकले एक गोल गरे। यता साउथह्याम्टनका लागि एडम आर्मस्ट्रङ र माटियुस फर्नान्डेसले गरेको गोल सान्त्वना बन्यो। 

कुनै समय २–१ गोलले पछि परेको लिभरपुलका लागि ६५औँ र ८३औँ मिनेटमा सालाहले गोल गर्दै जित दिलाएका थियो। 

यो जितसँगै लिभरपुलले शीर्ष स्थानमा आठ अंकको अग्रता बनाएको छ। १२ खेलबाट ३१ अंक रहेको लिभरपुल शीर्ष स्थानमा छ। समान खेलबाट २३ अंक रहेको म्यान्चेस्टर सिटी दोस्रो तथा २२ अंक रहेको चेल्सी तेस्रो स्थानमा छ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →