← समाचारमा फर्कनुस्
Football Oct 20, 2025 · Swadesh

लिभरपुललाई युनाइटेडको चोट

लिभरपुललाई युनाइटेडको चोट

डिफेन्डिङ च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आइतबार ठूलो धक्का बेहोरेको छ । उसलाई एनफिल्डमै म्यानचेस्टर युनाइटेडले २–१ ले हराएको हो । लय गुमाएको लिभरपुलले ११ वर्षयता पहिलो पटक लगातार चार खेलमा पराजित भएको छ ।

 

यसअघि लिभरपुल लिगमा तीन र च्याम्पियन्स लिगमा एक गरेर चार खेलमा लगातार पराजित भएको हो । लिभरपुलको घरेलु मैदान एनफिल्डमामा युनाइटेड विजयी रहेको १० वर्षयता पहिलो पटक हो । अर्कोतर्फ प्रशिक्षकका रूपमा रुबेन एमोरिम आएयता युनाइटेडले पनि पहिलो पटक लिगमा ‘ब्याक टु ब्याक’ जित निकालेको छ ।


ह्यारी म्यागुएरले ८४ औं मिनेटमा गरेको गोल युनाइटेडको जितका निर्णायक गोल गरे । युनाइटेडले ब्रायन एमबेउमोको गोलले सुरुमै अग्रता लिएको थियो । त्यसपछि लिरभपुलका लागि कोडी गाक्पोले बराबरी गोल फर्काएका थिए, तर अन्त्यमा जित युनाइटेडकै रह्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →