← समाचारमा फर्कनुस्
Football Oct 26, 2025 · Swadesh

लिभरपुलको हार क्रम रोकिएन्

लिभरपुलको हार क्रम रोकिएन्

नाटकीय खराव लयको शिकार बनेको लिभपुलको हारको क्रम शनिबार पनि रोकिएन् र इंग्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डको हाटबाट ३–२ ले पराजित भएको छ । यसले डिफेन्डिङ च्याम्पियनको उपाधि रक्षा गर्ने अभियान सम्भवतः तुहिने स्थितिमा पुगेको छ ।


लन्डनमा भएको खेलमा ब्रेन्टफोर्डका लागि डान्गो क्वाटारा, केभिन सेड र इगोर थिएगोले गोल गरे । लिभरपुलका लागि मिलोस केरकेज र मोहमद सलाहले गोल फर्काए । यो जितपछि ब्रेन्टफोर्ड दसौं स्थानमा उक्लेको छ । लिभरपुल भने छैटौं स्थानमा झरेको छ ।


म्यानचेस्टर युनाइटेड भने लयमा फर्केको छ र यसक्रममा उसले ब्राइटनलाई ४–२ ले हरायो । त्यसमा ब्रायन एमबुमोले दुई गोल गरे । युनाइटेड लिगमा लगातार तेस्रो खेलमा विजयी रहेको हो । न्युकासल युनाइटेडले फुलहम तथा सन्डरल्यान्डले चेल्सीलाई समान २–१ को स्कोरले पराजित गर्‍यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →