← समाचारमा फर्कनुस्
Football Jul 26, 2025 · Swadesh

लिभरपुल एसी मिलानसंग पराजित

लिभरपुल एसी मिलानसंग पराजित

हङकङमा फुटबल फेस्टिभल अन्तरगत भएको मैत्रीपूर्ण खेलमा इंग्लिस प्रिमियर लिग विजेता लिभरपुल एसी मिलानसंग पराजित भएको छ। काई ताक रंगशालामा लिभरपुल एसी मिलानसँग ४-२ ले पराजित भएको छ।


लिभरपुलले खेल नियन्त्रणमा राखे र धेरै अवसरहरू सिर्जना गरेता पनि मिलानको उत्कृष्ट काउन्टरमा खेल पराजित हुनु परेको थियो। खेलको ११ औं मिनेटमा राफेल लिओले क्रिश्चियन पुलिसिकको पासमा गोल गर्दै अग्रता दिलाएको थियो। तर लिभरपुलले डोमिनिक स्जोबोस्ज्लाईको उत्कृष्ट स्ट्राइक मार्फत २६ औं मिन्टमा १-१ को बराबरी गर्यो।


दोस्रो हाफको ५२ औं मिनेटमा रुबेन लोफ्टस-चीकको एक गोल र बेन्चबाट आएका नोआह ओकाफोरको ५९ औं मिनेट मा गोल गर्दै १-३ को नतिजामा पुऱ्याएको थियो। कोडी गाक्पोले खेलको ९०+३ मिनेटमा गोल गर्दै नतिजा २-३ मा पुऱ्याए तर लिभरपुलले गोल गरेको एक मिनेटपछि नोआह ओकाफोरले गोल गर्दै लिभरपुललाई ४-२ गोलले पराजित गऱ्यो।


यस खेलमा लुइस डियाज र डार्विन नुनेज खेलेका थिएनन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →