लिभरपुलले कति खर्च गर्न सक्छ ?

नयाँ सिजनका लागि लिभरपुलले नयाँ खेलाडीमा १७ करोड पाउन्ड खर्च गरिसकेको छ । यही इंग्लिस च्याम्पियन क्लबले अहिले एक अर्को नयाँ खेलाडीमा रूचि देखाइरहेको छ । त्यसका लागि उसले इंग्लिस फुटबलमै नयाँ कीर्तिमान राख्नु पर्नेछ । लिभरपुलको नजरमा रहेका अहिलेका खेलाडी हुन्, न्युकासल युनाइटेडका एलेक्जान्डर इसाक ।
उनका लागि लिभरपुलले कम्तीमा १३ करोड पाउन्ड खर्चिनु पर्नेछ । यस्तोमा क्लबले नयाँ सिजन अगाडि खर्चेको कुल रकम नै पुग्नेछ, ३० करोड पाउन्ड । गत सिजनको सुरुमा चुपचाप जस्तै रहेको लिभरपुल के यति खर्च गर्न सक्षम छ त ? अर्को प्रश्न यति धेरै खर्च गर्न सक्ने स्थिति कसरी आयो त ?
इंग्लिस प्रिमियर लिग जितेर मात्रै लिभरपुलले १७ करोड ५० लाख पाउन्ड हात पारेको छ । उसले एडिडाससँग पनि नयाँ अनुबन्ध गरेको छ र तयसबाट कम्तीमा छ करोड पाउन्ड आउनेछ । पछिल्ला केही सिजन खासै खर्च नगरेको हुनाले लिभरपुलसँग यति धेरै रकम रहेको अनुमान गरिएको छ । धेरै इंग्लिस मिडियाको अनुमान छ, यसपल्ट लिभरपुल आर्थिक रूपमा निकै बलियो स्थितिमा छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |