← समाचारमा फर्कनुस्
Football Aug 13, 2025 · Swadesh

लिभरपुलसामु उपाधि रक्षा गर्ने अवसर

लिभरपुलसामु उपाधि रक्षा गर्ने अवसर

(इंग्लिस प्रिमियर लिग २०२५–२०२६ मा सहभागी हुने टिमको विश्लेषण गर्ने क्रममा अब पालो लिभरपुलको । यस सिरिजको १२ औं भागमा परेको छ, डिफेन्डिङ च्याम्पियन ।)


पछिल्लो सिजन लिभरपुलले कीर्तिमान बराबरी हुने गरेर २० पल्ट इंग्ल्यान्डको माथिल्लो डिभिजन जितेको थियो । अझ त्यो पनि सजिलै । नयाँ सिजन सुरु हुन लाग्दा लामो इतिहास बोकेको लिभरपुलसामु हुनेछ, इंग्लिस प्रिमियर लिग उपाधिको रक्षा गर्ने अवसर ।


के यस मर्सिसाइड क्लब यसका लागि सक्षम छ त ? छ नै । यसपल्ट उपाधि जित्ने सम्भावित टिमको सूचीमा लिभरपुल नै अगाडि छ । लिभरपुलको नजर त युरोपेली च्याम्पियन्स लिगमा पनि हुनेछ । त्यसमाथि आर्ने स्लटको लिभरपुलले यसपल्ट मन खुलेर खर्चेको छ, नयाँ खेलाडीका लागि ।


यसबीच लिभरपुलले एक उम्दा खेलाडी भने गुमाएको छ, डिएगो जोटाका रूपमा । यी पोर्चुगाली खेलाडीको गाडि दुर्घटनामा मृत्यु भएको थियो र उनको अनुपस्थितिले टिममा कस्तो प्रभाव पारेको छ, त्यो हेर्न बाँकी छ । कम्तीमा कागजमा लिरभपुलले पोहोर सिजनको तुलनामा अहिले टिम चाहिँ बलियो बनाएकै छ ।


लुइस डियाज र डार्विन नुनेज अन्य क्लबतिर लागेका छन् भने मिलोस केरकेज, जेरेमी फ्रिमपोङ, ह्युगो एकिटिके र फ्लोरिन विर्टज जस्ता खेलाडी पनि भित्रिएका छन् । अझ लिभरपुल थप एकाध खेलाडी किन्ने मनसायमा देखिन्छ । त्यो को हुनेछ, त्यो हेर्न लायक नै रहनेछ ।


कम्युनिटी सिल्डमा लिभरपुलले जित भने निकाल्न सकेन् । क्रिस्टल प्यालेसविरुद्धको हारमा केही कमजोरी पनि देखिएका थिए । स्वंय प्रशिक्षक स्लटले केही खास क्षेत्रमा सुधार आवश्यक रहेको बताएकै छन् । जे होस, लिभरपुल समर्थक यति बेला नयाँ सिजनको सुरुआतलाई लिएर उत्साहित भने छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →