प्यालेसको हातबाट लिभरपुल पराजित

क्रिस्टल प्यालेसले इंग्लिस प्रिमियर लिगमा शनिबार डिफेन्डिङ च्याम्पियन लिभरपुलमाथि २–१ को सनसनीपूर्ण जित निकालेको छ । सेलहर्स्ट पार्कमा प्राप्त यो जितपछि १२ अंकमा दोस्रो स्थानमा उक्लेको छ । लिभरपुल भने अझै १५ अंकमा शीर्ष स्थानमा छ ।
प्यालेसका लागि एडि एनकेटिहले दोस्रो हाफको इन्ज्युरी समयको सातौं मिनेट निर्णायक गोल गरे । यो नयाँ सिजन लिभरपुलको लिगमा पहिलो हार हो । अर्कोतर्फ प्यालेस यो सिजन अहिलेसम्म अपराजित एक मात्र टिम पनि भएको छ । लिभरपुल कम्युनिटी सिल्डको खेलमा पनि प्यालेसकै हातबाट पराजित भएको थियो ।
अर्को महत्त्वपूर्ण खेलमा इर्लिङ हालान्डको दुई गोलको मदतले म्यानचेस्टर सिटीले बर्नलीलाई ५–१ ले पराजित गर्यो । त्यसमा अरू दुई गोल आत्मघाती पनि रह्यो । यो जितपछि सिटी १० अंकमा चौथो स्थानमा उक्लेको छ । यस्तै ब्राइटन भने दस खेलाडीमा सीमित चेल्सीलाई ३–१ ले पराजित गर्न सफल रह्यो ।
उसका लागि डानी वेलब्याकले ७७ र दोस्रो हाफको इन्ज्युरी समयको दसौं मिनेटमा दुई गोल गरे । अन्य खेलमा लिड्स युनाइटेड र बर्नमाउथले रोमाञ्चक २–२ को बराबरी खेले । बर्नमाउथ ११ अंकमा तेस्रो स्थानमा उक्लिन पनि सफल भएको छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |