← समाचारमा फर्कनुस्
Football Oct 24, 2024 · Swadesh

च्याम्पियन्स लिगमा लिभरपुल विजयी

च्याम्पियन्स लिगमा लिभरपुल विजयी

काठमाडौं । युइएफए च्याम्पियन्स लिगमा लिभरपुल विजयी भएको छ । लिभरपुलले बुधबार राति च्याम्पियन्स लिगको समूह चरणको खेलमा जर्मनीको लिपजिगलाई १–० ले पराजित गरेको हो । 

यो जितले लिभरपुललाई समूहमा ९ अंक जोड्दै लगभग अर्को चरणमा पु¥याएको छ । डार्विन नुनेजले खेलको एक मात्र गोल गर्दै लिभरपुललाई जित दिलाए ।

२७औं मिनेटमा नुनेजले मोहमद सलाहको हेडरलाई गोललाइनबाट टच  गर्दै जाली चुमाएका थिए । खेलमा लिभरपुलले केही महत्त्वपूर्ण अवसरहरू खेर फाले पनि गोलरक्षक काओमिन केलेहरको उत्कृष्ट प्रदर्शनले टोलीलाई तीन अंक सुनिश्चित ग¥यो । 

लिपजिगले पहिलो हाफमा राम्रो दबाब दिएको थियो । जावी सिमन्स र बेन्जामिन सेस्कोले गोल गर्ने अवसर पाए पनि उनीहरूले गोल गर्न सकेनन्। 

लिभरपुलले दोस्रो हाफमा खेल आफ्नो नियन्त्रणमा लिँदै थप आक्रमण ग¥यो, जहाँ नुनेजले थप एक अवसर पाए, तर पूर्व लिभरपुल गोलकिपर पिटर गुलासीले उनको प्रयासलाई रोकिदिए । 

खेलको अन्त्यसम्म लिपजिगले बराबरीको प्रयास गरे पनि अफसाइडको कारण गोल मान्य भएन । अब लिभरपुलले आइतबार आर्सनलसँग प्रिमियर लिगमा प्रतिस्पर्धा गर्नेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →