TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Dec 10, 2025 · Swadesh

सलाहविनाको लिभरपुलको जित

सलाहविनाको लिभरपुलको जित

मोहमद सलाहविनाको लिभरपुलले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार इन्टर मिलानलाई उसकै घरमा १–० ले पराजित गरेको छ । प्रशिक्षक आर्ने स्लटको चर्को आलोचना गरेपछि क्लबले इजिप्टका स्टार खेलाडीलाई इटाली लगेको थिएन् ।


सानसिरोमा भएको खेलमा डोमिनिक सबोसलाईले ८८ औं मिनेटमा पेनाल्टीबाट एक मात्र निर्णायक गोल गरे । यससँगै इन्टरको घरमा युरोपेली फुटबलका १८ खेलको अपराजित यात्रा टुंगेको छ । प्रतियोगिताका छ खेलमध्ये चारमा विजयी रहेर लिभरपुल आठौं स्थानमा उक्लेको छ ।


अन्य प्रमुख खेलमा बार्सिलोनाले फ्रायन्कफर्टलाई २–१ ले हराएको हो भने बायर्न स्पोर्टिङ लिस्वनमाथि ३–१ ले विजयी रह्यो । बायर्न १५ अंकसहित दोस्रो स्थानमा छ भने लिभरपुल १२ अंकमा आठौं स्थानमा रह्यो ।


बार्सिलोना भने १० अंकमा १४ औं स्थानमा छ । टोटनहमले अर्को खेल स्लाभिया प्रागलाई ३–० ले हरायो र ११ अंकमा नवौं स्थानमा रह्यो । इन्टर आफै भने १२ अंकमा पाँचौं स्थानमा छ । चेल्सी भने एटलान्टनासँग २–१ ले पराजित रह्यो ।


यस्तै एटलेटिको म्याड्रिड पीएसभी आयनहोभनमाथि ३–२ ले विजयी रह्यो भने ओलम्पियाकोसले आल्माटीलाई १–०, मोनाकाले गालातासारेलाई १–० र मार्सेले युनियन सेन्ट गिलोसालई ३–० ले पराजित गर्‍यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →