लिभरपुल र एसी मिलान आज खेल्दै

इंग्लिस प्रिमियर लिग विजेता लिभरपुल र इटालियन क्लब एसी मिलान आज प्रि-सिजन टुर अन्तरगत हङकङ आज खेल्दै छ । स्टान्डर्ड चार्टर ट्रफिको नाम दिइएको यस खेल हङकङको काई ताक रंगशालामा नेपाली समय अनुसार ५ः१५ बजे सुरू हुनेछ।
लिभरपुल हङकङ आउन अगाडी इंग्ल्याण्डमा १३ जुलाई आईतबार प्रेस्टनसंग मैत्रीपुर्ण खेल खेलेको थियो। लिभरपुलसे यस खेलमा प्रेस्टनलाई ३-१ गोलले परीजित गरेको थियो। लिभरपुलका स्टार डियोगो जोटाको दुर्घटनामा मृत्यु भएपछि लिभरपुलको यो दोस्रो खेल खेल्दै छ।
त्यस्तै एसी मिलानले हङकङ आउन अगाडी सिंगापुरमा आर्सनलसंग मैत्रिपुर्ण खेल खेलको थियो जसमा एसी मिलान आर्सनलसंग ०-१ गोलले पराजित भएको थियो।
यस खेलको ५ दिन पछि जुलाई ३१ मा इंग्लिस क्लब टोट्नहाम हटस्पर्स र आर्सनल खेल्ने छ। त्यस्तै यस वर्षको साउदी सुपर कप पनि हङकङमा आयोजना हुदैछ। अगस्ट १९ देखि २३ सम्म हुने यस प्रतियोगितामा अल-इत्तेहाद, अल-कादिसिया, अल-हिलाल र अल-नासर रहेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |