लिभरपुल र एसी मिलान हङकङमा खेल्ने

इंग्लिस प्रिमियर लिग विजेता लिभरपुल र इटालियन क्लब एसी मिलान हङकङ फुटबल फेस्टिभलमा खेल्ने छ । प्रि-सिजन टुर अन्तरगत हुने यस खेललाई स्टान्डर्ड चार्टर ट्रफिको नाम दिइएको छ । यहि आउदो जुलाई २६ तारिख साउन १० गते नेपाली समय अनुसार ५ः१५ बजे सुरू हनेछ।
खेल हङकङको नव निर्मित रंगशाला काई ताक रंगशालामा हुनेछ। यस खेलको ५ दिन पछि जुलाई ३१ मा इंग्लिस क्लब टोट्नहाम हटस्पर्स र आर्सनल खेल्ने छ। त्यस्तै यस वर्षको साउदी सुपर कप पनि हङकङमा आयोजना हुदैछ। अगस्ट १९ देखि २३ सम्म हुने यस प्रतियोगितामा अल-इत्तेहाद, अल-कादिसिया, अल-हिलाल र अल-नासर रहेको छ।
लिभरपुलका स्टार डियोगो जोटाको दुर्घटनामा मृत्यु भएपछि लिभरपुलको यो दोस्रो खेल हुनेछ। पहिलो खेल हिजो १३ जुलाई आईतबार इंग्ल्याण्डमा प्रेस्टनसंग मैत्रीपुर्ण खेल खेलेको थियो। लिभरपुलसे यस खेलमा प्रेस्टनलाई ३-१ गोलले परीजित गरेको थियो।
खेलको ३३औं मिनेटमा ब्रादलिले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएको थियो। त्यस्तै खेलको ५३औं मिनेटमा नुनेजको गोलमा २-० को अग्रता लियो। प्रेस्टनका लिन्डसेले गोल गर्दै खेललाई २-१ मा पुऱ्याए। प्रेस्टनले गोल गरेको ५ मिनेट पछि गाक्पोले गोल गर्दै खेललाई ३-१ को नतिजामा पुऱ्याए।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |