← समाचारमा फर्कनुस्
लिभरपुल र नटिङघमले अंक बाँडे

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा लिग लिडर लिभरपुलले अंक बाँडेको छ।
मंगलबार भएको खेलमा नटिङघम फरेस्टसँग लिभरपुल १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन्।
सिटी ग्राउन्डमा घरेलु टोली नटिङघमले अग्रता जोगाउन सकेन। खेलको आठौं मिनेटमा क्रिस उडको गोलमार्फत नटिङघमले अग्रता लिएको थियो।
डिएगो जोटाले ६६औं मिनेटमा लिभरपुलका लागि बराबरी गोल फर्काए। त्यसपछि थाप गोल निस्कन नसक्दा दुवै टोली अंक बाँड्न बाध्य बने।
लिगअन्तर्गत मंगलबारै सम्पन्न खेलमा चेल्सीले बर्नमाउथ तथा म्यानचेस्टर सिटीले ब्रेन्टफार्डसँग समान २–२ को बराबरी खेल्दा वेस्टहम युनाइटेडले फुलहमविरुद्ध ३–२ को रोमाञ्चक जित निकाल्यो।
जितसँगै लिभरपुले २० खेलमा ४७ अंक जोडेको छ। नटिङघम २१ खेलबाट ४१ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |