← समाचारमा फर्कनुस्
लिड्समाथि सिटीको संघर्षपूर्ण जित

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार लिड्स युनाइटेडमाथि ३–२ को संघर्षपूर्ण जित निकालेको छ । खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला फोडेनले दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेट गोल गर्दै जितको उद्धार गरेका हुन् ।
फोडनले नै इतिहाडमा भएको खेलमा गोलको खाता खोलेका थिए । यो जितपछि सिटी १३ खेलबाट २५ अंक भएको छ । सिटी दोस्रो स्थानमा छ र यो पहिलो स्थानमा रहेको आर्सनलसँग चार अंकको अन्तर हो ।
यो सिजन सरप्राइज टिम रहेको सन्डरल्यान्डले भने उत्कृष्ट पुर्नआगमन रच्दै बर्नमाउथलाई ३–२ ले नै हरायो र २२ अंकमा चौथो स्थानमा उक्लिन सफल रह्यो । घरमा भएको खेलमा सन्डरल्यान्ड सुरुमै दुई गोलले पछाडि रहेको थियो ।
यस्तै अन्य खेलमा फुलहमले टोटनहमलाई २–१, न्युकासल युनाइटेडले एभरटनलाई ४–१ र ब्रेन्टफोर्डले बर्नलीलाई ३–१ ले हरायो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |