← समाचारमा फर्कनुस्
Football Apr 24, 2025 · Swadesh

लिग कम नकआउट फुटबल प्रतियोगिता नहुने

लिग कम नकआउट फुटबल प्रतियोगिता नहुने

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने भनिएको लिग कम नकआउट फुटबल प्रतियोगिता नहुने भएको छ।

गत चैत २५ गते सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको बैठकले ‘ए’ डिभिजनका क्लब सहभागी हुने प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएका थिए।

‘उपरोक्त सम्बन्धमा एन्फाको आयोजनामा बैशाख २० गते देखि ए डिभिजन क्लबहरूबीच एन्फा कप फुटबल प्रतियोगिता सञ्चालन हुने भनिएकोमा उक्त प्रयितोगिता प्राविधिक कारणले गर्दा स्थगित भएको बेहोरा जानकारी गराउँदछु,’ सहायक महासचिव दामोदर भट्टराई (बद्री)ले पठाएको पत्रमा भनिएको छ।

प्रतियोगिता वैशाख २० गतेबाट सुरू हुने एन्फाले जनाएको थियो। प्रतियोगिताका लागि एन्फाले बुधबारसम्म टिम दर्ताको मिति तोकेको थियो।

उक्त मितिसम्म विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, एपिएफ र संकटा क्लबले मात्रै टिम दर्ता भएका थिए।

१४ मध्ये ९ क्लबले दर्ता गर्न नगएसँगै बिहीबार एन्फाले प्रतियोगिता नगर्ने निर्णय गरेको हो। एन्फाले १४ वटै क्लबलाई पत्र काटेर यो जानकारी दिइसकेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →