← समाचारमा फर्कनुस्
Football Aug 11, 2025 · Swadesh

लिड्सलाई रेलिगेसनकै डर

लिड्सलाई रेलिगेसनकै डर

इंग्लिस प्रिमियर लिग २०२५–२०२६) मा सहभागी हुने दस टिमको हामीले छोटकरीमा विश्लेषण गरिसक्यौं । अब पालो हुनेछ, बाँकी दस टिमको । त्यसमध्ये पहिलो टिम हुनेछ, लिड्स युनाइटेड)


गत सिजन इंग्लिस प्रिमियर लिगमा उक्लने पहिलो टिम भएको थियो, लिड्स युनाइटेड । उसले दोस्रो डिभिजन  च्याम्पियनसिप लिगको उपाधि जितेर यो यात्रा तय गरेको थियो । यस्तोमा प्रश्न हो, के लिड्सले यसपल्ट आफूलाई रेलिगेसन बचाउने छ त ? 


प्रिमियर लिगको विशेषता नै जस्तो भएको छ, तिनै टिम बढी रेलिगेसनमा पर्ने सम्भावना हुन्छ, जो उक्लेका थिए । त्यसैले लामो र समृद्ध इतिहास भएको लिड्सलाई पनि यसपल्ट हुने डर भनेकै रेलिगेसनको हो । ड्यानिएल फार्के हुन्, लिड्सका प्रशिक्षक । 


यिनै जर्मन प्रशिक्षकको काँधमा हुनेछ, लिड्सलाई माथिल्लो डिभिजनमा टिकाइरहने । सम्भवतः क्लबले उनलाई भनेको यही हुनु पर्छ, धेरै ठूलो नसोच्नु, खालि टिमलाई बचाउनु । नयाँ सिजनकै लागि भनेर केही नयाँ नाम भित्रिएका छन्, यसले टिम पक्कै केही बलियो भएको हुनु पर्छ । 


ती हुन्, लुकास पेरी, जाका बिजोल, सबास्टिन, गुडमुन्डसन, सिन लङस्टाफ र एन्टोन स्टाच । योर्कसायरको यो क्लब इंग्लिस फुटबलकै धेरै समर्थक भएको पर्छ । एलान रोडले पनि सफलताका इतिहास देखेको छ । कम्तीमा यत्तिको क्लब रहनु पर्ने प्रिमियर लिगमै हो । 
AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →