ललितपुरको पहिलो जित

काठमाडाैँ । साविक विजेता ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) पहिलाे जित दर्ता गरेकाे छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्मपन्न खेलमा ललितपुरले पाेखरा थन्डर्सलाई ३–२ ले पराजित गरेकाे हाे।
ललितपुरलाई जित दिलाउन जोनाथनबाहेक इमोह इजिकेलले एक गोल थपे। पोखराका समीर तामाङ र जोय आइडुले गरेको गोल सान्त्वना रह्यो।
खेलको आठौँ मिनेटमा जोनाथन क्यान्टिलानाको गोलबाट ललितपुरले सुरुआती अग्रता बनाएको थियो।
पोखराको लागि समिर तामाङले ४२औँ मिनेटमा गोल गर्दै खेल १–१ गोलको बराबरी अबस्थामा ल्याएका थिए।
त्यसपछि ललितपुरका लागि इमोह इजकिएलले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै पहिलो हाफभरी २–१ को अग्रता दिलाए।
जाेनाथान ७५औँ मिनेटमा गाेल गर्दै खेलमा ३–१ काे अग्रता दिलाए। तर, इन्जुरी समयमा पाेखराले एक गाेल फर्काएपनि उक्त गाेल बराबरीका लागि प्रयाप्त भएन।
जितसँगै दुई खेलमा ललितपुरले चार अंक जाेडेकाे छ। यता, पाेखराले दाेस्राे हार ब्यहाेरेकाे छ। यसअघि पाेखरा एफसी चितवनसँग २–० ले पराजित भएकाे थियाे भने ललितपुर काठमाडाैँ सँग २–२ को बराबरीमा रोकिएको थियो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |