← समाचारमा फर्कनुस्
एन्फा प्रेसिडेन्ड लिगमा लालिगुँरासको सहज जित

काठमाडौ। एन्फा प्रेसिडेन्ड लिग २०२५ अन्तर्गत लालिगुँरास एसोसियसन क्लबले शानदार जित हासिल गरेको छ।
बागमती प्रदेशको राजधानी हेटौडांमा आइतबार सम्पन्न दिनको पहिलो खेलमा लालिगुँरासले जन जागृति युवा क्लबलाई ४–० ले पराजित गरेको हो।
लालिगुँरासको जितमा आशिष गुरुङले ह्याट्रिक पूरा गरे। उनले खेलको ३३औँ, ९०औँ, र इन्जुरी समयको तेस्रो मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। जारी प्रतियोगितामा यो पहिलो ह्याट्रिक हो। यस्तै, यमबहादुर श्रेष्ठले एक गोल थपे।
जितसँगै लालिगुँरासले तीन अंक जोडेको छ। दुई खेलबाट उसले चार अंक जोडेको छ। यता, जन जागृति जितविहिन छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |