← समाचारमा फर्कनुस्
Football Aug 07, 2025 · Swadesh

एलए आउन पाएकामा सन खुसी

एलए आउन पाएकामा सन खुसी

दक्षिण कोरियाली स्टार सन ह्वेङ–मिन अब आधिकारिक रूपमा लस एन्जलस (एलए) एफसीका खेलाडी भइसकेका छन् । भनिन्छ, उनका लागि एलएले दुई करोड पाउन्ड तिरेको छ । पछिल्लो साता मात्रै सनले टोटनहमले छाड्ने निर्णय सुनाएका थिए ।


अहिले उनले आज बिहीबार अमेरिका पुगेर मिडियासँग कुराकानी गरेका छन् । उनको सुरुआती भनाई थियो, ‘एलए आउन पाएर म खुसी छुं । मेरो लागि यो सपना पूरा भए जस्तै हो, किनभने मलाई लस एन्जलस सहर आफैमा धेरै मन पर्छ ।’


कुरा यत्तिकैमा सकिन्न । सनका अनुसार एलए उनको पहिलो रोजाई थिएन् । उनको मनमा दुविधा थियो । तर क्लबका अध्यक्ष जोन थोरिङटनले उनीसँग के एकपल्ट लामो कुराकानी गरे, सनको मन परिवर्तन भइहाल्यो । उनलाई लाग्यो, अब भने टोटनहम छाडेर अमेरिका जाने दिन आए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →