← समाचारमा फर्कनुस्
Cricket Jul 14, 2026 · Swadesh

कुशलको शतकमा नेपालको शानदार जित

कुशलको शतकमा नेपालको शानदार जित

काठमाडौं। ओपनर कुशल भुर्तेलको शतकीय इनिङ्सको मद्दतमा नेपालले एकदिवसीय अभ्यास खेलमा जर्सीलाई ८१ रनले पराजित गरेको छ।

सोमबार सम्पन्न खेलमा नेपालले दिएको २५१ रनको लक्ष्य पछ्याएको जर्सी ४१ ओभरमै १६९ रनमा अलआउट भयो।

जर्सीका लागि चार्ली ब्रेननले अविजित ८२ रन तथा डानियल बिरेलले ४१ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

नेपालका लागि हेमन्त धामीले चार विकेट लिए भने आरिफ शेखले तीन विकेट हात पारे। करण केसी र सन्दीप लामिछानेले समान एक–एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २५० रन बनाएको थियो।

नेपालका ओपनर कुशल भुर्तेलले १०५ रनको उत्कृष्ट शतकीय इनिङ्स खेले। भीम सार्कीले ३९ रनको योगदान दिए।

नेपालले अर्को अभ्यास खेल मंगलबार खेल्नेछ। त्यसपछि नेपाली टोली आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिदेशीय एकदिवसीय शृङ्खला खेल्न त्यसतर्फ प्रस्थान गर्नेछ। उक्त शृङ्खलामा नेपालले घरेलु टोली नेदरल्यान्ड्स र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →