← समाचारमा फर्कनुस्
Football Sep 21, 2024 · Swadesh

काठमाडौँ महानगर प्रिक्वाटरफाइनलबाट बाहिरियो

काठमाडौँ महानगर प्रिक्वाटरफाइनलबाट बाहिरियो

काठमाडौँ । काठमाडौँ महानगरपलिका केन्द्र दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको प्रिक्वाटरफाइनलबाट बाहिरिएको छ।

लैनचौर फुटसल मैदानमा शनिबार भएको खेलमा वडा नं ९ ले काठमाडौँ महानगरपालिकालाई ७–१ ले हरायो। विजयी टिमका सागर भट्टले ह्याट्रिक गरे भने असिम लामिछाने, अर्जुन श्रेष्ठ, रोहन विक, अजय विक्रम अधिकारीको नाममा एक एक गोल रह्यो। काठमाडौँ महानगरपालिकाका लागि भुपदेवले सान्त्वना गोल गरे।

 अन्य खेलमा वडा नं ६ ले वडा नं ३ लाई २–०, वडा नं १६ ले वडा नं २० लाई ३–१ र वडा नं १४ ले वडा नं १० लाई २–० ले हराए। उपाधि रक्षा अभियानमा रहेको वडा नं १४ का लागि राजु बुढाथोकीले दुवै गोल गरे। 

यसैगरी विनोद पुडासैनी र नामदुल सान्बो लामाको गोलले वडा नं ६ विजयी भयो। यसैगरी वडा १६ लाई जित दिलाउन आयुष कुँवरले दुई तथा रविन निरौलाले एक गोल गरे। वडा २० का ज्ञानेन्द्र मल्लले गरेको गोल सान्त्वना मात्र बनेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →