‘केपी ओली कप’ फागुन ११ गते देखि

काठमाडौं । तेस्रो संस्करणको ‘केपी ओली कप’ आगामी फागुन ११ गते देखि १९ गतेसमम्म आयोजना हुने भएको छ।
नेपाल राष्ट्रिय युवा संघले बुधबार पत्रकार सम्मेलनमार्फत आगामी फागुन ११ गते देखि १९ गतेसमम्म ‘केपी ओली कप २०८१’ आयोजना गर्न लागेको जानकारी दिए।
प्रतियोगितामा ‘ए’ डिभिजनका तथा विदेशीहरु गरी १० वटा टीमहरु सहभागि हुने छन्। फागुन ११ गते उद्घाटन भई १९ फाईनल हुनेछ।
प्रतियोगिताको क्वाटर फाइनलसम्मका खेलहरु एन्फा कम्प्लेक्स, सातदोवाटो, लतिपुरमा हुनेछन् भने सेमीफाइनल र फाइनल खेल दशरथ रंगशाला, त्रिपुरेश्वर, काठमाडौँमा आयोजना हुनेछन्।’
प्रतियोगिताको विजेताले १५ लाख ११ हजार एक सय ११ रुपैंया, उपविजेताले पाँच लाख नगद, ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कार प्रदान गरिने छ। त्यस्तै उत्कृष्ट खेलाडीलाई एकलाख, उत्कृष्ट गोलरक्षकलाई रु ५० हजार, उत्कृष्ट गोलकर्तालाई रु ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई रु ५० हजार, म्यानअफ द म्याचलाई रु १५ हजार नगदको साथै ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कारहरु प्रदान गरिने छ भने हरेक खेल विजेता टीमलाई रु २५ हजार नगद प्रदान गरिने छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |