← समाचारमा फर्कनुस्
Football Feb 24, 2025 · Swadesh

एनआरटीलाई हराउँदै आयोजक केपी एफसी सेमिफाइनलमा

एनआरटीलाई हराउँदै आयोजक केपी एफसी सेमिफाइनलमा

काठमाडौं । न्यूरोड टिम (एनआरटी) लाई पराजित गर्दै आयोजक केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। 

ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको दोस्रो खेलको एनआरटीलाई १–० गोलले पराजित गर्दै आयोजक टोली सेमिफाइनलमा प्रवेश गरेको हो। 

केपी एफसीका लागि सुरजज्यू ठकुरीले निर्णायक गोल गरे। उनले खेलको ६३औं मिनेटमा डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। 

आयोजक टोलीले अब फाइनल प्रवेशका लागि मछिन्द्र एफसी र एफसी ट्रान्सपोर्ट युनाइटेडको विजेतासँग खेल्नेछ।

फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्।

प्रतियोगिताअन्तर्गत मंगलबार दुई खेल हुनेछन्। पहिलो खेल साढे ११ बजे एपिएफ र संकटा क्लब र दोस्रो खेल दिउँसो ३ बजे मछिन्द्र एफसी र एफसी ट्रान्सपोर्ट युनाइटेडबीच हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →