← समाचारमा फर्कनुस्
Football Sep 26, 2024 · Swadesh

कोशी दोस्रो चरणमा

कोशी दोस्रो चरणमा

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै कोशी प्रदेश एन्फा महिला लिगको दोस्रो चरण (सुपर लिग) मा प्रवेश गरेको छ। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सुदूरपश्चिमलाई कोशीले ४–० ले पराजित गरेको हो।  

कोशीको जितमा समीक्षा मगरले दुई तथा ममता राउत र खुस्मा राईले समान एक गोल गरिन्।

जितसँगै ९ खेलमा १४ अंक जोडेको कोशी पाँचौं स्थानमा छ। पराजित सुदूरपश्चिम भने जितविहिन बन्दै बाहिरिएको छ।  

यससँगै दोस्रो चरण पुग्ने पाँचैं टोलीको टुुंगो लागेको छ। कोशीसहित एपिएफ, पुलिस, आर्मी र वालिङ नगरपालिकाले दोस्रो चरणको यात्रा तय गरे।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →