← समाचारमा फर्कनुस्
कोशीको पोस्टमा एपिएफको ८ गोल

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा महिला लिगमा कोशी प्रदेशमाथि फराकिलो जित हासिल गरेको छ।
सातदेबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको पहिलो खेलमा एपिएफले कोशी प्रदेशमाथि ८–० गोलको फराकिलो जित हासिल गरेको छ। यो जितसँगै जारी लिगमा एपिएफले आफ्नो अपराजित यात्रा कायम राखेको छ।
एपिएफको रश्मीकुमारी घिसिङले पाँच, अनिता बस्नेतले दुई र अनिता केसीले एक गोल गरे।
खेलको पाँचौं मिनेटमा अनिता केसीको गोलमार्फत एपिएफले अग्रता लिएको थियो।
जितसँगै सात खेलमा १९ अंक जोडेको एपिएफले शीर्ष स्थानमा फराकिलो अग्रता बनाएको छ। पराजित कोशी समान खेलबाट १० अंकका साथ पाँचौं स्थानमा छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |