← समाचारमा फर्कनुस्
कोलकाताको लगातार दोस्रो हार

कोलकाता नाइटराइडर्सले इन्डियन प्रिमियर लिग (आईपएिल) २०२६ मा बिहीबार लगातार दोस्रो हार बेहोरेको छ । उसलाई सनराइज हैदरावादले ६५ रनले हराएको हो । हैदरवादको भने यो पहिलो जित हो ।
इडेन गार्डेनमा हैदरावादले पहिले ब्याटिङ गर्दै आठ विकेटमा २ सय २६ रन बनाएको थियो । त्यसमा हेनरिक क्लासेनले सर्वाधिक ५२ रन बनाए । यस्तै ट्रेभिस हेडले ४६ र अभिषेक शर्माले ४८ रन बनाए ।
कोलकाताका लागि ब्लेसिङ मजराबानीले ४१ रनमा चार विकेट लिए । त्यसको जवाफमा कोलकाता १६ ओभरमा १ सय ६१ रन मात्र बनाएर अलआउट भयो । अंगकृश रधुवंशीको ५२ र रिन्कु सिंहको ३५ रन बाहेक अरुले गतिलो योगदान गर्न सकेनन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women