सायम फुट्सलको उपाधी किङस कलेजलाई

काठमाडौँ —हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगिताको उपाधी किङस कलेजले जितेको छ।
फाइनल खेलमा किङस कलेजले टेकस्पाइर कलेजलाई २-१ले पछि पार्दै उपाधी जितेको हो। कुल २८ छात्र टिमको सहभागिता भएको यस प्रतियोगिताको आज समापन भएको छ।
सेमिफाइनल प्रवेश गरेका ४ टोलि मध्य टेकस्पाइर कलेजले ग्लोबल कलेजलाई पेनाल्टीमा ४-३ ले र किङ्स कलेजले एन सि अम टि कलेजलाई ३-० ले हराउदै फाइनल प्रवेश गरेका थिए। तृतीय स्थान भने ग्लोबल कलेजले १-० ले NCMT कलेजलाई हराउदै पक्का बनायो।
विजेताले ९० हजार, दोस्रोले ४० हजार र तेस्रोले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन।
सहभागी टिमलाई ८ समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइको थियो। हाइसेन्स मुख्य प्रायोजक रहेको प्रतियोगितामा स्नातक तह सेमेस्टर प्रणालीका कलेजका टिम सहभागी भएको थिए।
उत्कृष्ट खेलाडी: सबिन पराजुली
उत्कृष्ट गोलकिपर: सलिन अवाल
उत्कृष्ट डिफेन्डर: सनम महर्जन
सर्वाधिक गोलकर्ता: सुवर्णा आचार्य
फेयर प्ले: लिटिल एङ्गल्स कलेज
उत्कृष्ट प्रशिक्षक: आरोन गुरुङ (किंग्स कलेज)
उत्कृष्ट प्रबन्धक: ऋषभ (टेकस्पायर कलेज)
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |