← समाचारमा फर्कनुस्
Football Nov 10, 2025 · Swadesh

झापा महिला गोल्डकपको उपाधि पुलिसलाई

झापा महिला गोल्डकपको उपाधि पुलिसलाई

काठमाडौं। झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।


शिवसताक्षीस्थित दूधे रङशालामा साेमबार सम्पन्न प्रतिस्पर्धी खेलमा विभागीय टोली एपिएफ फुटबल क्लबलाई १–० गोलले पराजित गर्दै नेपालले उपाधि कब्जा गरेको हो। 


उपाधिसँगै पुलिस क्लबले नगद रु १० लाख १० हजार, मेडल र ट्रफी प्राप्त गरेको छ भने उपविजयी एपिएफ फुटबल क्लबले नगद रु पाँच लाख प्राप्त गरेको छ।


प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको उपाधि पुलिस क्लबकी मीना देउवाले हात पारेकी छन्।


उनले प्रतियोगिता अवधिभर सात गोल गर्दै टप स्कोरर बनेर रु २५ हजार र सर्वोत्कृष्ट खेलाडी बन्दै रु एक लाख ५० हजार प्राप्त गरिन्।


प्लेयर अफ द म्याचको उपाधि पुलिस क्लबकी पूजा रानाले जितेकी छन्। यसैगरी, उत्कृष्ट गोलकिपर उषा नाथ (पुलिस क्लब), उत्कृष्ट डिफेन्डर मनमाया दमाई (एपिएफ क्लब), उत्कृष्ट मिडफिल्डर रेनुका नगरकोटी (एपिएफ क्लब), उत्कृष्ट फरवार्ड अनिता बस्नेत (एपिएफ क्लब), उत्कृष्ट प्रशिक्षक भोला सिलवाल (पुलिस क्लब) र उदीयमान खेलाडी जेनिफर राना मगर (त्रिभुवन आर्मी क्लब) बनेकी छन्।


उत्कृष्ट विजेताहरुले जनही रु २५ हजार प्राप्त गरे। विजेता तथा उपविजेता टोलीलाई गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा, प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्रा, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, अन्तरराष्ट्रिय झापाली समाजकी उपाध्यक्ष सीता पाण्डेलगायतले वितरण गरे।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →