← समाचारमा फर्कनुस्
ह्याट्रिकसहित केनको लय कायम

जर्मन बुंडेसलिगामा ह्यारी केनको उत्कृष्ट लय शनिबार पनि कायम रह्यो र उनको ह्याट्रिकको मदतले बायर्न म्युनिकले स्टुटगार्टलाई सजिलै ५–० ले हरायो ।
सब्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका केनले ६६, ८२ र ८८ औं मिनेटमा गोल गरे । त्यसमध्ये दोस्रो गोल पेनाल्टीबाट सम्भव भएको हो । उनले यो सिजन सबै खाले प्रतियोयिगतामा २८ गोल गरिसकेका छन् ।
त्यसमध्ये १७ गोल लिगका रहेका छन् । यो जितपछि बायर्नको १३ खेलबाट ३७ अंक भएको छ र यो दोस्रोमा रहेको लाइपजिगमाथि आठ अंकको ठोस अग्रता हो । लाइपजिगले अर्को खेलमा फ्रायन्कफर्टलाई ६–० ले हरायो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women