काया कप यु–१६ फुटसल मंसिर तेस्रो साताबाट

काठमाडौं । काया कप यु–१६ अन्तर विद्यालय सेभेन ‘ए’ साइड फुटसल प्रतियोगिता मंसिर तेस्रो साताबाट हुने भएको छ।
नेपाली फुटबलको विकास ग्रासरुट देखिनै गर्नुपर्छ भन्ने संकल्पका साथ काया स्पोर्टसले राजधानीको ३२ विद्यालयको सहभागिता गराउने भएको हो।
प्रतियोगिता लिग कम नकआउटको आधारमा संचालन हुने आयोजकले बताएको छ। प्रत्येक टोलीले कम्तिमा पनि तीन खेल खेल्न पाउनेछन्।
प्रतियोगिता काठमाडौंको बाँसबारीस्थित चौर रिक्रिएसन सेन्टरमा हुनेछ। सहाभागी ३२ टोलीलाई आठ समूहमा विभाजन गरिनेछ। हरेक समूहका शीर्ष २ टोलीले अन्तिम १६ मा स्थान बनाउनेछन्।
प्रतियोगिताको समूह चरणका खेलहरु मंसिर १७ र १८ गते हुनेछन्। २० गते नकआउट चरणको खेलहरु हुनेछन् भने फाइनल २२ गते गर्ने आयोजकले जनाएको छ।
आयोजकले फुटसल प्रतियोगितासँगै सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने सोचका साथ नेपाली महिला भलिबलमा बेग्लै पहिचान बनाएको न्यु डायमन्ड युथ स्पोर्टस क्लबलाई पनि सहयोग गर्ने योजना बनाएको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |