चितवनलाई हराउँदै काठमाडौं तेस्रो स्थानमा

काठमाडौं। एफसी चितवनलाई हराउँदै काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) को प्लेअफ नजिक पुगेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा काठमाडौंले चितवनलाई २–० ले पराजित गरेको हो। योसँगै तेस्रो स्थानमा उक्लिएको काठमाडौंले ६ खेलबाट आठ अंक पुर्याएको छ।
धनगढीको पनि समान आठ नै अंक छ। तर, गोलअन्तरमा धनगढी अगाडि छ। ११ अंकसहित ललितपुर प्लेअफमा पुगिसकेको छ। धनगढीले दुई र ललितपुरले एक खेल खेल्न बाँकी छ। एक खेल नै खेल्न बाँकी रहेको चितवनको भने सात अंक छ।
अब काठमाडौंले पोखरा र झापाको नतिजामा भर पर्नुपर्नेछ। एक खेल खेल्न बाँकी पोखराको पाँच र दुई खेल खेल्न बाँकी झापाको चार अंक छ। झापाले सोमबार नै धनगढीलाई चुनौती प्रस्तुत गर्दैछ।
काठमाडौंलाई जित दिलायन बकारी माने र अमडोउ डिओपले गोल गरे। खेलको ३२औं मिनेटमै काठमाडौंले मानेको गोलमा सुरुआती अग्रता लिएको थियो। अट्याकिङ एरियामा पाएको फ्रिककलाई मानेले सहजै गोल गरेर
जारी लिगमा चितवनले दोस्रोपल्ट गोल खाएको हो। यसअघि ललितपुरसँग पहिलो गोल खाँदा चितवन २–१ ले पराजित भएको थियो। पहिलो हाफको इन्जुरी समयमा मार्की प्लेयर अञ्जन खड्का मैदानबाट बाहिरिए।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |