← समाचारमा फर्कनुस्
Cricket Aug 23, 2026 · Swadesh

काठमाडौं गोर्खाजद्वारा केएस भरतको अनुबन्ध

काठमाडौं गोर्खाजद्वारा केएस भरतको अनुबन्ध

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी तेस्रो सिजनका लागि काठमाडौं गोर्खाजले भारतका पूर्व टेस्ट विकेटकिपर ब्याटर केएस भरतलाई टोलीमा अनुबन्ध गरेको छ। फ्रान्चाइजले सामाजिक सञ्जालमार्फत यो जानकारी सार्वजनिक गरेको हो।

३२ वर्षीय भरत केही महिनाअघि मात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा भएका थिए। उनले भारतका लागि ७ टेस्ट म्याच खेलिसकेका छन्। टी-२० क्रिकेटमा ९१ खेल खेल्दै १ हजार ८ सयभन्दा बढी रन बनाएका छन्। विकेटकिपिङसँगै मध्यक्रममा उपयोगी ब्याटिङ गर्न सक्ने भरतको आगमनले काठमाडौं गोर्खाजको टोलीलाई थप अनुभवी बनाउने अपेक्षा गरिएको छ।

भरतसँग भारतीय घरेलु क्रिकेट र आईपीएलको लामो अनुभव छ। उनी सन् २०२४ को आईपीएल उपाधि जित्ने कोलकाता नाइट राइडर्स टोलीको समेत सदस्य थिए।

काठमाडौं गोर्खाजले आगामी एनपीएल सिजनका लागि घोषणा गरेको यो पहिलो विदेशी खेलाडी हो। भरतको अनुबन्धसँगै टोलीको विकेटकिपिङ र ब्याटिङ विकल्प थप बलियो बनेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →