काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर। काठमाडौं महानगरपालिका गोदावरी नगरपालिकाको आयोजनामा जारी उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको फाइनलमा पुगेको छ।
गोदावरी–१० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा मंगलबार सम्पन्न पहिलो सेमिफाइनलको खेलमा कीर्तिपुर नगरपालिकालाई ३-० ले हराउँदै काठमाडौंले दोस्रो पटक उपाधी नजिक पुगेको हो।
यसअघि पहिलो संस्करणमा चन्द्रागिरीलाई हराउँदै काठमाडौंले उपाधि जितेको थियो। काठमाडौंका लागि खेलमा प्लेयर अफ दि म्याच मनिष सेढाईले २ गोल तथा राज पौडेलले १ गोल गरे।
आगामी जेठ २ गते हुने फाइनलमा काठमाडौंले गोदावरी नगरपालिका र दक्षिणकाली नगरपालिकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
खेलको ४५औं मिनेटमा सेढाईले काठमाडौंका लागी सुरुवाती गोल गरे भने लगत्तै ईन्जुरी समयमा पौडेलले थप गोल गर्दै अग्रता दोब्बर पारे।
काठमाडौंका लागि अर्को एक गोल सेढाईले ७९औं मिनेटमा गरे।
काठमाडौं समूह बि को विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो भने कीर्तिपुर समूह डि को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |