केनले ऊछिने रोनाल्डो र हालान्डलाई

ह्यारी केनले शुक्रबार राति त्रिस्टियानो रोनाल्डो र इर्लिङ हालान्डको नाममा रहेको सबैभन्द छिटो सय गोलको कीर्तिमानलाई उछिनेका छन् । उनको दुई गोलको मदतले बायर्न म्युनिकले जर्मन बुंडेसलिगामा वेडर ब्रेमनलाई ४–० ले पराजित गरेको छ ।
केनले ४५ औं मिनेटमा पेनाल्टीबाट आफ्नो पहिलो गोल गरे र ६५ औं मिनेटमा दोस्रो गोल थपे । यससँगै बायर्नका लागि उनको गोल संख्या सय पुगेको हो र उनले यसका लागि १ सय ४ खेल मात्र खेलेका छन् । युरोपका प्रमुख पाँच लिगमध्ये केन सबैभन्दा कम खेलेर सय गोल गर्ने कीर्तिमानी खेलाडी बनेका हुन् ।
यसअघि यो कीर्तिमान रोनाल्डो र हालान्डको नाममा संयुक्त रूपमा थियो । उनीहरूले १ सय ५ खेल खेलेर सय गोल गरेका थिए । केनको यही प्रदर्शनको मदतले बायर्नले आफ्नो घरेलु मैदानमा सजिलो जित निकाल्यो र आफ्नो शतप्रतिशत सुरुआत कायम राख्यो । बायर्नको पाँच खेलबाट १५ अंक भएको छ र लिग तालिकाको शीर्ष स्थानमा छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |