काक्रेविहार विजयी

काठमाडौं, मकवानपुरमा जारी प्रेसिडेन्ट लिगमा काक्रेविहार युथ क्लब विजयी भएको छ।
गौरीटार रंगशाला हेटौंडामा बिहिवार सम्पन्न दिनकाे पहिलाे खेलमा क्राक्रेविहारले हेयरन्स क्लबलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।
काक्रेविहारले पहिलो हाफको ३२औं मिनेटमा सुजन बालामपाकी मगरकाे गोलर्फत अग्रता बनाएकाे थियाे। ४२औं मिनेटमा आशिष चापागाईंले गोल गरेपछि काक्रेविहारले पहिलो हाफ २-० को सहज अवस्थामा टुंग्याएको थियो।
तर, दोस्रो हाफमा हेयरेन्सले कमब्याक गरेको थियो। ५८औं मिनेटमा समिराज ठोकरले गोल गर्दै अग्रता २-१ मा झारेका थिए। ६८ औं मिनेटमा अनिश घर्तीले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए। तर, ८४औं मिनेटमा विश्व लामाले गोल गर्दै काक्रेविहारलाई ३-२ को जित दिलाए।
लिग कम नकआउटको आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा विजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउने छ। उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |