← समाचारमा फर्कनुस्
युभेन्टसको सहज जित

काठमाडौं । इटालियन क्लब युभेन्टसले फिफा क्लब विश्वकप अन्तर्गतको आफ्नो पहिलो खेलमा युएईको अल अइनमाथि सहज जित हासिल गरेको छ।
अमेरिकाको अडी फिल्डमा बिहीबार सम्पन्न खेलमा युभेन्टसले ५-० को सानदार जित दर्ता गरेको हो।
युभेन्टसलाई जित दिलाउन रान्डल कोलो मुआनी र फ्रान्सिस्को कोन्सेकाओले समान दुई तथा केनान यिल्डिजले एक गोल गरे।
खेलको ११औं मिनेटमा कोलो मुआनीको गोलमार्फत युभेन्टसले अग्रता लिएको थियो।
जितसँगै युभेन्टसले समूह ‘जी’ मा तीन अंक जोडेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |