TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Dec 28, 2025 · Swadesh

उपाधिमा युभेन्ट्सको दावेदारी

उपाधिमा युभेन्ट्सको दावेदारी

युभेन्ट्सले इटालीको सिरी ए मा शनिबार संघर्ष गर्दै पुछारतिरको पिसालाई २–० ले पराजित गरेको छ र यस जितपछि आफूलाई उपाधिको बलियो दावेदारका रूपमा उभ्याएको छ ।


पहिलो हाफको संघर्षपछि युभेन्ट्सले दुवै दोस्रो हाफको अन्त्यतिर गरेको हो । पिएरे कालुलुले ७३ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि केनन यिल्डिजले इन्ज्युरी समयको दोस्रो मिनेटमा अर्को गोल थपे ।


युभेन्ट्सको ३२ अंक भएको छ र यो पहिलोमा रहेको इन्टर मिलानसँग एकै अंकको दूरी हो । पिसा भने ११ अंकमा सीमित रहेर रेलिगेसन क्षेत्रमा छ ।


अन्य खेलमा कोमोले लेचेलाई ३–० र कागलिरीले टुरिनोलाई २–१ ले हराएको छ । यस्तै युडिनेजी र लाजियोले भने १–१ को बराबरी खेलेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →