← समाचारमा फर्कनुस्
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग एक मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार उक्त मैत्रीपूर्ण खेल हङकङमा नै हुनेछ। ५ जुनमा हुने प्रतियोगिताका लागि हङकङले नै नेपाललाई निम्तो दिएको हो।
नेपालले पछिल्लोपल्ट घरेलु टोली मलेसियासँग २५ मार्चमा एएफसी एसियन कप छनोट खेलेको थियो। उक्त खेलमा नेपाल २–० ले पराजित भएको थियो।
अब नेपालले १० जुनमा लाओससँग खेल्दैछ। त्यसैको तयारीस्वरूप हङकङसँग नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |