← समाचारमा फर्कनुस्
Martial Arts Aug 23, 2026 · Swadesh

जुडो एसियाड टोलीलाई सिटी स्क्वायरको प्रोत्साहन

जुडो एसियाड टोलीलाई सिटी स्क्वायरको प्रोत्साहन

सिटी स्क्वायर मल, सामाखुशीले २० औं एसियाली खेलकुदमा सहभागी हुने जुडो टोलीलाई प्रोत्साहन स्वरुप नगद प्रदान गरेको छ । सिटी स्क्वायरका प्रतिनिधि रवि स्यावाले ६ खेलाडी र १ प्रशिक्षकलाई त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जनही ७ हजार नगद आइतबार हस्तान्तरण गरे ।

स्यावाले सानो सहयोगले पनि खेलाडीको मनोबल बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै खेलाडीलाई सफलताका लागि शुभकामना दिए ।

एसियाडका लागि जुडो टोलीका टिम व्यवस्थापक नेपाल जुडो संघका उपाध्यक्ष रमेश महर्जनले सहयोगका लागि धन्यवाद दिए।

जापानको आइची-नागोयामा असोज ३ गतेदेखि सुरु हुने एसियाडमा जुडोबाट समान ३–३ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती पेश गर्ने छन् ।

पुरुष ६० केजीमुनि विकास विक, ६६ केजीमुनि विशेष विक र ९० केजीमुनि सुजन गुरुङले प्रतिस्पर्धा गर्ने  छन् । महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठ, ४८ केजीमुनि निशा श्रेष्ठ र ७० केजीमुनि पुनम श्रेष्ठ सहभागी हुने छन् ।

देवकी र विकासको दोश्रो एसियाड सहभागिता हो । बाँकीले पहिलोपटक एसियाड खेल्न लागेका हुन् । दवकी र निशा दिदीबहिनी तथा विकास र विशेष दाजुभाइ हुन् । प्रशिक्षकमा सुनिता मगर ताम्राकार छिन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →