← समाचारमा फर्कनुस्
Football Aug 06, 2025 · Swadesh

च्याम्पियन्स लिग विजेता कप्तानको निधनले शोक

च्याम्पियन्स लिग विजेता कप्तानको निधनले शोक

सन् २००४ मा एफसी पोर्टोले युरोपेली च्याम्पियन्स लिग जितेर तहल्का नै मच्चाएको थियो । त्यही टिमका कप्तान हुन्, जोर्गे कोस्टा । उनीबारे दुःखद समाचार आएको छ, यी पोर्चुगाली खेलाडी अब रहेनन् । ‘कार्डिक एरेस्ट’ का कारण उनको मंगलबार निधन भएको छ ।

उनी भर्खर ५३ वर्षका थिए । जति बेला उनको मुटुमा समस्या भएको थियो, त्यति बेला उनी क्लबको ट्रेनिङ सेन्टरमै थिए । उनको निधनको समाचारले पोर्टो र पोर्चुगाली फुटबल प्रेमीबीच शोक आएको छ । पोर्टोको त्यस च्याम्पियन टिमका प्रशिक्षक थिए, जोसे मोउरिन्हो ।

आफ्ना प्रिय खेलाडीको निधनले मोउरिन्हो स्तब्ध रहेका छन् र हार्द्धिक श्रद्धान्जली पनि पोखेका छन् । कोस्टाले सन् २००६ मा खेलाडी जीवनबाट सन्यास लिएका थिए र त्यसपछि विभिन्न क्लबको व्यवस्थापन सम्हाले । पछिल्लो सिजनदेखि उनी पोर्टोको निर्देशक पद सम्हालिरहेका थिए । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →