दक्षिण अफ्रिकाका पूर्व विश्व बक्सिङ च्याम्पियन जोलानी तेतेको गोली हानी हत्या

केप टाउन – दक्षिण अफ्रिकाका पूर्व विश्व बक्सिङ च्याम्पियन जोलानी “लास्ट बोर्न” तेतेको शुक्रवार आफ्नै घर बाहिर गोली हानी हत्या भएको छ। उनको उमेर ३८ वर्ष थियो।
प्रहरीका अनुसार तेते पूर्वी केप प्रान्तको म्दान्त्साने टाउनशिपस्थित आफ्नो घर आइपुग्दा दुई अनुहार छोप्ने मास्क लगाएका व्यक्तिहरू एउटा गाडीबाट ओर्लिए र उनी र उनको सवारीमा रहेकी एक २७ वर्षीया महिलामाथि गोली प्रहार गरे। उक्त महिलालाई धेरै गोली लागेको र उपचारको लागि अस्पताल पुर्याइएको छ।
खेलकुद मन्त्री गेटन म्याकेन्जीले एक विज्ञप्तिमा यस घटनाको बारेमा अनुमान नगर्ने बताउँदै दक्षिण अफ्रिकी प्रहरी सेवाले मृत्युको छानबिन गरिरहेको जानकारी दिए। “तपाईंको छोराको नामलाई यस देशले हल्का रूपमा लिने छैन,” मन्त्री म्याकेन्जीले तेतेको परिवारलाई सम्बोधन गर्दै भने।
दुई पटकको विश्व च्याम्पियन रहेका तेतेले सन् २०१४ मा आईबीएफ जुनियर बान्टमवेट र सन् २०१७ मा डब्ल्यूबीओ बान्टमवेट उपाधि जितेका थिए। उनी सन् २०१७ मा बेलफास्टमा भएको विश्व उपाधि फाईटमा ११ सेकेन्डमै प्रतिद्वन्द्वीलाई नकआउट गरेको कीर्तिमानका लागि विश्वभर चर्चित छन्, जुन विश्व उपाधि फाईटको सबैभन्दा छिटो नकआउट हो।
तेतेले सन् २०२२ जुलाईमा बेलायती बक्सर जेसन कनिङ्घमविरुद्धको जितपछि डोपिङ परीक्षणमा स्टेरोइड ‘स्टानोजोलोल’ पोजिटिभ देखिएका थिए र उनलाई चार वर्षको प्रतिबन्ध लगाइएको थियो। उक्त प्रतिबन्ध यसै वर्षको जुलाई २९ मा सकिएको थियो र उनी पुनः रिंगमा फर्कने तयारी गरिरहेका थिए।
दक्षिण अफ्रिकामा हिंसात्मक अपराधको उच्च दरलाई यस घटनाले पुनः चर्चामा ल्याएको छ। पूर्वी केप प्रिमियर अस्कर माबुयानेले तेतेको हत्याप्रति शोक र पीडा व्यक्त गर्दै “हाम्रो प्रान्तलाई गर्व दिलाउने एउटा जीवन यति क्रूर हिंसाको माध्यमबाट समाप्त हुनु हृदयविदारक छ” भनेका छन्। विश्व बक्सिङ सङ्गठन (डब्ल्यूबीओ) ले पनि पूर्व च्याम्पियनको निधनप्रति शोक व्यक्त गरेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |