जावलाखेल र चर्च ब्वाइज विजयी

काठमाडौं । जावलाखेल युथ क्ल्ब र चर्च ब्वाइज युनाइटेडले ललित स्मृति एन्फा यु–१८ युथ लिग अन्तर्गत आफ्नो अन्तिम खेलमा विजयी हासिल गरेका छन्।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आइतबार भएको दिनको दोस्रो खेलमा मनाङ मर्स्याङदी क्बलमाथि १–० को जित जित हासिल गरेदै चर्च ब्वाइजले यस सिजन अन्त्य गरेको छ।
चर्चको जितमा सन्दीप ठाडामगरले गरेको एक मात्रै गोल निर्णयक बन्यो। उनले खेलको ७०औं मिनेटमा गोल गरेका थिए।
इन्जुरी समयमा गोलकिपर उदयजंग पाण्डेले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि मनाङ १० खेलाडीमा समेटियो।
जितसँगै २२ खेलमा २५ अंक जोडेको चर्च ब्वाइजले आठौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ। पराजित मनाङ समान खेलबाट २५ अंकका साथ नवौं स्थानमा रह्यो।
आइतबारै सम्पन्न खेलमा जावलाखेल युथ क्लबले सातदोबाटो युथ क्लबविरुद्ध २–० को जित निकाल्यो ।
जावलाखेलको जितमा दुवै गोल विवस दर्लामीले गरे। उनले खेलको २१औं र ६७औं मिनेटमा गोल गरे। त्यसपछि थप गोल निस्कन नसक्दा जावलाखेलले सहज जित निकाल्यो।
जितसँगै २२ खेलमा ३० अंक जोडेको जावलाखेलले सातौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ। पराजित सातदोबाटो समान खेलबाट ११ अंकका साथ पुछारमा रह्यो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |