← समाचारमा फर्कनुस्
जन जागृतिलाई पहिलो अंक

काठमाडौँ। एन्फा प्रेसिडेन्ट लिगमा जन जागृति युवा क्लबले विजय स्पोर्ट्स क्लबसँग एक अंक खोसेको छ।
बागमती प्रदेशको राजधानी हेटौँडामा मंगलबार सम्पन्न खेलमा विजय र जन जागृतिले १–१ गोलको बराबरीमा रोकिएका हुन्।
खेलमा जिततर्फ अग्रसर बनेको विजय अन्तिम समयमा सम्हालिन सकेन। ४१औँ एरोन थापाको गोलमा सुरुआती अग्रता बनाएको विजयले इन्जुरी समयको अन्तिम मिनेटमा गोल खान पुग्यो।
जन जागृितको लागि हरिहर बुढा मागरले इन्जुरी समयको चौथो मिनेटमा गोल गर्दै एक अंक दिलाउन सफल भए।
यो नतिजासँगै चार खेलबाट ६ अंक जोडेको विजय समूह ए को शीर्ष स्थानमा यथावत् छ। यता एक खेल कम खेलेको जन जागृितले पहिलो अंक जोडको छ। यसअघिका दुई खेलमा पराजय ब्यहोरेको जन जागृितले यो पहिलो अंक हासिल गरेको हो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |