← समाचारमा फर्कनुस्
Football Jul 29, 2025 · Swadesh

जाओ फेलिक्सको निराशाजनक यात्रा

जाओ फेलिक्सको निराशाजनक यात्रा

चेल्सीका जाओ फेलिक्सबारे भर्खरै त्यस्तो समाचार आएको छ, जसले उनका समर्थकलाई निराश नै पार्नेछ । साउदी अरेबियाको अल–नासरले उनलाई अनुबन्ध गर्ने निश्चित भएको छ र मूल्य रहेको छ, चार करोड ३७ लाख पाउन्ड । अब उनी रियाद जाँदैछन् । 

त्यसको अर्थ उनले आफ्ना पोर्चुगाली खेलाडी क्रिस्टियानो रोनाल्डोसँगै एउटै टिमबाट खेल्नेछन् । पछिल्लो समय चेल्सीले उनलाई ऋणमा एसी मिलान पठाएको थियो । कुनै समय फेलिक्सलाई विश्व फुटबलले सबैभन्दा प्रतिभाशाली खेलाडीका रूपमा हेरेको थियो, तर उनी आफैले सबैलाई निराश पारेका छन् । 

धेरैलाई विश्वास नहुन सक्छ, सन् २०१९ मा जति बेला फेलिक्स १९ वर्षकै मात्र थिए, एटलेटिको म्याड्रिडले उनलाई किन्न बेनफिकालाई ११ करोड ३० लाख पाउन्ड तिरेको थियो । त्यसयता उनले बार्सिलोना, मिलान र चेल्सी जस्ता युरोपका ठूला क्लबबाट खेले । 

तर आफ्नो प्रतिभा अनुसार कहिले पनि खेल्न सकेनन्, उपद्रोही पाराका खेलाडी नै रहे । उनले कुनै पनि समय फरवार्ड अथवा एटायकिङ–मिडफिल्डरका रूपमा एकै सिजन दस भन्दा बढी गोल गर्न सकेनन् । उनी अहिले पनि भर्खर २५ वर्षका भए, तर अहिले नै साउदी अरेबिया पुग्न बाध्य रहे ।
  
यति बेला पोर्चुगाली मिडियामा लेखिएको छ, ‘हाम्रोतिर सबैले के अनुभव गरेका छन् भने सायद फेलिक्सले साउदी अरेबिया गएर आफूभित्र रहेको माथिल्लो स्तरको अन्तर्राष्ट्रिय खेलाडीको दर्जा अब रहेन् भने प्रमाणित गरेका छन् ।’ तिनै मिडियाका अनुसार फेलिक्सको मुख्य समस्या भनेको आफ्ना जस्तै प्रशिक्षकलाई पनि नटेर्ने रहेको छ । 
AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →